July 11th, 2018

जीबन बीमा र अस्पष्टता

रमेश दियालि । तपाईंहरूले जीबन बीमा गर्नु भएको हुनसक्छ र प्रिमियम पनि बुझाई रहनु भएको हुनसक्छ ।  तर तपाईंको जीवन बीमाको बारेमा तपाईंको  परिवारका सदस्यहरूलाई थाहा नहुन सक्छ । भबिष्यमा हुनसक्ने दुर्घटना र जोखिमका साथै बीमा अबधि पूरा भएपश्चात् क्षतिपूर्ति वा एकमुष्ट भुक्तानी लिनको लागि कहाँ र कसरी दाबी गर्ने वा नगर्ने भन्ने बिषयमा परिवारका हकवालालाई थाहा नभएको हुन सक्छ । बीमा कम्पनिहरूले पनि उक्त बिमितलाई दुर्घटना वा बीमा अबधि सकिए पश्चात् सोधि खोजि नगरेको  हुनसक्छ । किनकि बिमितको तर्फबाट कुनै उजुरि प्राप्त नभएको खण्डमा बिमितले बीमा गर्नुको कुनै अर्थ रहँदैन । बिमितले दाबी नगरेसम्म बीमा रकम बीमा कम्पनीमै रहन सक्छ ।

त्यसैले बीमा कम्पनीहरूले बीमा गराउँदा वा बीमा गराईसके पश्चात बीमा अबधि पूरा नभएसम्म र बीमा अबधि पूरा भएपश्चात सम्बन्धित बिमित वा बिमित नरहेको (मृत्यु भएको) खण्डमा उसको हकवालालाई सोधि खोजि बिमितले पाउने क्षतिपूर्ति वा बीमा रकमको एकमुष्ट भुक्तानी दिनेर दिलाउने कार्य गराउनु अनिवार्य छ । साथै बिमितले जीवन बीमा गराईसके पश्चात आफ्नो परिवारका सदस्य वा आफ्नो हकवालालाई आफुले गरेको जीवन बीमा, बीमा कम्पनी, बार्षिक वा मासिक प्रिमियम, बीमा अबधि, बीमा रकम आदिको बारेमा पुर्ण जानकारी गराउनु अनिवार्य छ । 

बैदेशिक रोजगारमा जाने सबै कामदारहरूले पनि अनिवार्य रूपमा जीवन बीमा गराउनुपर्ने प्रावधान छ । जसअनुसार उनीहरुले बीमा गराएका पनि हुन्छन् । तर बिबिध कारणवश बैदेशिक रोजगारमा गएकाहरूले ज्यान गुमाईरहेका छन् वा अंगभंग भएका छन् । उक्त घटना पश्चात् बीमाको बारेमा सम्बन्धित कामदार वा उसको परिवारका सदस्यहरूला थाहा नभएको हुनसक्छ । त्यसैले, हालसम्म कसैले पनि बीमा रकम दाबि नगरेको र बीमा कम्पनिहरूले क्षतिपूर्ति बापतको भुक्तानी नदिएको हुनसक्छ । यस्तो अवस्थामा बिमित, बीमा कम्पनी, र सम्बन्धित सरोकारवाला पक्षहरूले यस्ता कुराहरूको अध्ययन गरि सहि कार्यन्वयन गर्नु गराउनु जरूरी छ । (लेखक स्मार्ट कार्ड नेपाल प्रालीका निर्देशक हुन् ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]