गरिमा विकास बैंक लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडबीच ‘गरिमा रेमिट’ र ‘एनआई सी एशिया रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतापश्चात एनआईसी एशिया बैंक लिमिटेडका देशभर रहेका २१० वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न र खातामा जम्मा गर्न तथा गरिमाविकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७ वटा शाखा कार्यालयबाट एनआईसी एशिया रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न र खातामा जम्मा गर्न सकिन्छ ।