Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

निरन्तर आन्दोलनमा देशभरका लगानीकर्ता अर्थमन्त्रालयले थाल्यो अध्ययन

२०७५ जेष्ठ २३ गते

बैंकिङ खबर । सोमबारदेखि आन्दोलनमा रहेका सेयर लगानीकर्ताले बुधबार पनि आन्दोलनको कार्यक्रम जारी राखेका छन् । आन्दोलनलाई थप सशक्त बनाउन बुधबार तीनवटै लगानीकर्ता संघले संयुक्त रुपमा धितोपत्र बोर्ड घेराउ गरेका छन् ।

मोफसलमा पनि विरोधका कार्यक्रम
राजधानीमा मात्रै नभएर मुलुकभरकै लगानीकर्ताहरु अग्रिम कर असुलीको निर्णयको विरुद्धमा जुटेका छन् । मोफसलमा पनि लगानीकर्ताहरुले आन्दोलन चर्काएका छन् । सरकारले बढाएको पुँजीगत लाभाकरको विरोधमा विराटनगर र बुटवलका लगानीकर्ता उत्रिएका छन् । प्रदेश नं. १ का लगानीकर्ताले प्रेस विज्ञप्ति नै जारी गरेर सरकारले लगानीयोग्य पुँजीलाई निरुत्साहित बनाउने षड्यन्त्र गरिरहेको बताएका छन् । यसबाहेक, चितवन लगायत अन्य क्षेत्रका लगानीकर्ताहरुले पनि सरकारी निर्णयको विरोध गरेका छन् । राजश्व विभागको निर्णय फिर्ता नभएसम्म आन्दोलन निरन्तर अगााडी बढाउने लगानीकर्ताहरुको भनाइ छ । 

लाभाकर विवाद अन्त्य गर्न समिति गठन
सरकारले लाभकर विवाद अन्त्य अर्थमन्त्रालयले छुट्टै समिति नै गठन गरी अध्ययन थालेको छ । बोनस तथा हकप्रद सेयरमा कर गण्ना गर्ने प्रणाली परिमार्जन सम्बन्धमा आन्तरिक राजश्व विभागले गरेको निर्णयका सम्बन्धमा छलफल गर्नका लागि वित्तीय व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र लाभकरका विषयमा अध्ययन प्रतिवेदन बुझाउने छ ।