Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

बैंकमा जागीर गर्ने हो ? सांग्रिला डेभलपमेन्ट बैंकमा दिनुहोस् आवेदन

२०७५ जेष्ठ २१ गते

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंकमा जागीर खुलेको छ । बैंकले केही संख्यामा टेलर÷सीएसडी, अपरेसन इन्चार्ज÷क्रेडिट इन्चार्ज र ब्रान्च मेनेजर मागेको छ । +२ उतीर्ण गरेका र उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाले टेलर÷सीएसडी पदका लागि एप्लाई गर्न सक्नेछन् । अपरेसन इन्चार्ज÷क्रेडिट इन्चार्जका लागि भने स्नातक उतीर्ण गरेको र दुई वर्षको अनुभव भएको हुनुपर्नेछ । त्यस्तै, ब्रान्च मेनेजरका लागि स्नातक उतीर्ण गरेको र चार वर्षको अनुभव भएको हुनपर्नेछ ।

आवेदन अनलाइनबाट दिनुपर्नेछ । आवेदन दिने म्याद असार ४ गतेसम्म रहेको छ । थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.shangrilabank.com/jobs/