Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

महोत्तरीको पडौलस्थानमा नयाँ नेपाल लघुवित्तको शाखा विस्तार

२०७५ जेष्ठ १७ गते

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले बलवा नगरपालीका ३, पडौलस्थान, महोत्तरीमा आफ्नो १७ औँ शाखा विस्तार गरेको छ । बलवा नगरपालीकाका मेयर बिनोद यादब र नयाँ नेपाल लघुवित्तका सीईओ सरोज घिमिरेले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।

उद्घाटन समारोहमा बोल्दै नगरपालीकाका मेयर यादबले वित्तीय संस्था घर गाउँमा आउनु अत्यन्तै राम्रो कुरा भएको बताए । संस्थाको सफलताको शुभकामना दिँदै उनले बिभिन्न चुनौतीहरु भएपनि सम्पूर्ण जातजाती, भाषा धर्म र बिपन्न बर्गलाई समेट्दै आर्थिक रुपमा पिछडीएको बर्गलाई बिशेष महत्व दिएर बिना धितो, सहज, सरल र न्युन ब्यजदरमा महिलाहरुको आर्थिक जिबनस्तर उकास्ने पवित्र उद्देश्यले स्थापना भएको लघुबित्तलाई सँधै साथ र सहयोग रहने प्रतिबद्धता जाहेर गरे ।

सिईओ घिमिरेले मुलुकको आर्थिक विकासमा लघुवित्तको भूमिका अहम् हुने बताए । लघुकर्जालाई उत्पादनशील क्षेत्रमा उपयोग गर्न सके बेरोजगारी न्युनिकरण भई मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने उनको धारणा थियो । 

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्वन गरेको नीतिका साथै लघुबित्तको मर्म र भावना अनुसार गरिब,  बिपन्न र बैंकिङ पहुचभन्दा टाढा रहेका साथै पिछडीएका महिलाहरुलाई आर्थिक रुपमा सशक्तिकरण गर्ने र सर्वसाधारणलाई घर आगनमै वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश नं. २ को बलवा नगरपालिकामा बुधबार नयाँ शाखा उद्घाटन गरेको लघुवित्तले जनाएको छ ।