प्रभु बैंकले विहानी सेवाको सुरुवात गरेको छ । बैँकले मुख्य शाखा कार्यालय बबरमहलबाट प्रभातकालीन (बिहानी) काउण्टर सेवा सञ्चालनमा ल्याएको हो । यो सेवा बिदाका दिन बाहेक आईतबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि सञ्चालन हुने बैकले जनाएको छ ।
विहानी सेवाअन्तर्गत ग्राहकहरुबाट निक्षेप संकलन तथा चेकको भुक्तानी हुनेछ । बिदाको दिनमा प्रभातकालीन सेवा उपलब्ध नभए पनि बैंकका अन्य सेवा भने यथावतै सञ्चालन हुनेछन् । हाललाई मुख्य शाखा कार्यालयबाट सुरु भएको यो प्रभातकालीन काउण्टर सेवाग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै आगामी दिनमा बैंकका अन्य शाखा कार्यालयहरुमा समेत सञ्चालनमा ल्याउने बैंकको योजना रहेको छ ।