May 17th, 2016

७४ लाख ३९ हजार घाटामा साझा विकास बैँक

sajhaहालै मात्र शेयर कारोबार खुलेर सुरुका दिनहरुमा शेयर मुल्य उच्च रुपमा बढेको साझा विकास बैंक चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ७४ लाख ३९ हजार रुपैँया घाटामा गएको छ । गत आवको सो अवधिमा बैँकले २१ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

दश करोड चुक्तापुँजी रहेको बैंकको जगेडाकोष २ करोड ४ लाख ऋणात्मक रहेको छ । चालु बर्षको चैत्र मसान्तसम्ममा ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यसअवधिमा बैंकको खराबकर्जा उच्चदरले बढेको छ । बैंकले ६ करोड रुपैयाँ ब्याज आम्दानी बढाएपनि खराबकर्जा बढेपछि घाटामा गएको हो । बैंकको खराबकर्जा ०.८६ प्रतिशतबाट बढेर २.२५ प्रतिशत पुगेको छ । गतबर्ष यसै अवधिमा बैँकले २१ लाख रुपैयाँ खराबकर्जा उठाएको बथियो । जसले गर्दा बैंकको संचालन मुनाफा, नियमित कारोबारबाट हुने आम्दानी सबै नोक्सानमा गएको छ ।

बैंकले सम्भावित जोखिममा गत वर्षको भन्दा ८० लाख बढी अर्थात् ९६ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिशेयर आम्दानी ७.४४ रुपैयाँले ऋणात्मक, प्रतिशेयर नेटवर्थ ६९ रुपैयाँ ५७ पैसा रहेको छ ।