Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विद्युत् उत्पादन र पर्यटनलक्षित नीति तथा कार्यक्रम आउँदै

२०७५ जेष्ठ ७ गते

बैंकिङ खबर । विद्युत् उत्पादन र पर्यटन क्षेत्रलाई लक्षित गरेर नयाँ नीति तथा कार्यक्रम आउने भएको छ । आज साँझ बस्ने संघीय संसदको वैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रस्तुत गर्न लागिएको आर्थिक वर्ष २०७५।७६ को वार्षिक नीति तथा कार्यक्रममा उर्जा र पर्यटनलाई प्राथमिकतामा राखिएको छ ।

आगामी १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने र १५ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ । आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्य सहितको नीति तथा कार्यक्रमले रेलमार्ग तथा जलमार्ग निर्माणको विषयलाई पनि अघि सार्ने भएको छ ।  

यसबाहेक, सामाजिक सुरक्षा भक्ताको दायरा बढाउने, कृषि उत्पादन बढाएर निर्यातको अवस्थामा पुर्याउने, हरेक प्रदेशमा एउटा मेघा प्राजेक्ट पुर्याउने लगायतका विषयहरु पनि नीति तथा कार्यक्रममा समेटिएको बताइएको छ ।