Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

‘नयाँ स्टक एक्सचेञ्ज कम्पनीको आवश्यकता छैन’

२०७५ जेष्ठ ६ गते

रेखा चन्द/बैंकिङ खबर । नेपाल स्टक स्क्सचेञ्ज(नेप्से)का महाप्रबन्धक चन्द्र सिंह साउदले नेपालमा नयाँ स्टक एक्सचेञ्ज कम्पनीको आवश्यकता नपर्ने बताएका छन् । बैंकिङ खबर डट कमसँगको कुराकानीमा साउदले नेपाल स्टक एक्सचेञ्जले नै सेवा सुविधाहरु विस्तार गरेपछि अर्को स्टक एक्सचेञ्जको आवश्यकता नपर्ने बताए ।

बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्विजिसनका कारणले लिस्टीङ कम्पनीहरुको संख्यामा कमी आएको र नेप्सेले पनि आफूलाई सुधार गर्दै अनलाइन सिस्टममा जान लागेको उनले बताए । नेप्सेले अनलाइन ट्रेडीङ सिस्टम सुरु गरेपछि नेपालका मात्रै नभएर संसारभरका लगानीकर्तालाई लगानीका लागि प्लाटफर्म उपलब्ध हुने भएकाले नयाँ कम्पनीको आवश्यकता नदेखिएको उनको तर्क छ । ‘निजी क्षेत्रबाट स्टक मार्केट आउने सम्भावना एकदम कम छ,’ उनले भने, ‘अनलाइन प्रविधि सुचारु भइसकेपछि नेप्सेले नेपालमा लगानीकर्तालाई लगानी गर्न प्लाटफर्म उपलब्ध गराउनेछ र साथमा त्यसलाई नेप्सेले संसारभरि नै उपलब्ध गराउने छ । यसरी संसारभर लगानीको प्लाटफर्म उपलब्ध भईसकेपछि नयाँ कम्पनीको आवश्कता पर्दैन ।’

अहिले नयाँ कम्पनी भन्दापनि भएको स्टकलाई रि–स्ट्रकचर गर्ने र नेप्सेले दिने सेवा सुविधाहरुमा कमजोरी छ भने अझै बढी सुधार गर्दै लैजानेतर्फ ध्यान दिनु राम्रो हुने उनको भनाई छ । पुँजी बजारका नयाँ प्रोडक्टहरु रिर्सच गर्दै नेप्सेले नयाँ स्टक एक्सचेन्ज आउन नदिन यसको सेवा विकास विस्तारका लागि एच.आर प्लान बनाइरहेको साउदले जानकारी दिए । ‘नयाँ स्टक एक्सचेन्ज ल्याउँदा नेपाल सरकारको राजस्व चुहावटको सम्भावना हुन्छ,’ उनले भने, ‘नेपाल सरकारको लगानी भएको संस्था हुनाले राजस्व चुहावट नहोस् भन्ने हिसाबले लगानीकर्तालाई सेवा सुविधा उपलब्ध गराउने योजनाका साथ नेप्से अघि बढिरहेको छ ।’