Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

वोमी माइक्रोफाइनान्सको ब्यवसायिक बेकरी तालिम सम्पन्न

२०७५ बैशाख ३० गते

नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्यक्षेत्रमा लघुवित्त कार्यक्रम विस्तार गर्नका लागि स्वीकृति प्राप्त वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले बेनीघाट शाखा, धादिङ्गमा एक दिने ब्यवसायिक बेकरी बनाउने तालिम मिति २०७५ साल बैशाख २९ गते प्रदान गरेको छ । उक्त तालिम कार्यक्रममा प्रशिक्षक हरी माया शाही ठकुरीले बेकरीका विविध उत्पादनहरु बनाएर व्यवहारिक रुपमा शाखाका २३ जना सदस्यहरुलाई प्रदान गरे । तालिम कार्यक्रमबाट सदस्यहरुले बेकरी सम्बन्धी प्रोडक्टहरु बनाउन सक्षम भएको बताएका छन् ।

तालिम कार्यक्रममा शाखा प्रमुख चुडामणी ढुङ्गानाले तालिमको पुर्ण सदुपयोग गरी आफ्नो आयस्तर वृद्धि गर्नुपर्ने विषयमा सदस्यहरुलाई उत्प्रेरित गरे । त्यस्तै, शाखाका अनुगमन प्रमुख भवनाथ सापकोटाले व्यवसायिक तालिममा सहभागि भई आर्थिक उन्नति वृद्धि गर्न सकिने विषयमा आफ्नो भनाई राखे । 

यस वित्तीय संस्थाले शाखा कार्यालयहरुमा समय सापेक्ष विभिन्न सिपमुलक तालिमहरु प्रदान गर्दै आइरहेको छ । हालसम्म फुलमाला बनाउने, दालमोठ बनाउने, कृषि तथा पशुपालन तालिम, स्थास्थ्य लगायतका तालिमहरु प्रदान गर्दै आएको छ । हालसम्म देशका विभिन्न २४ जिल्लामा ३२ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । उक्त शाखाहरुबाट २४ हजार ५ सय सदस्यमा उठाउन बाँकी लघु कर्जा रु १ अरब १८ करोड तथा वचत परिचालन रु ४२ करोड रहेको छ । संस्थाले निकट भविष्यमा देशका विभिन्न ग्रामिण क्षेत्र लक्षित स्थानहरुमा शाखा कार्यालय विस्तार गर्ने योजना तय गरेको छ ।