Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

निर्धन उत्थान बैंकद्धारा बीमा रकम हस्तान्तरण

२०७५ बैशाख २४ गते

धरानस्थित निर्धन उत्थान बैक लिमिटेड शाखा कार्यालय पाचंकन्याले मृतक परिवारका सदस्यलाई बीमा रकम प्रदान गरेको छ । धरान ५ तल्लो देउरालीमा  गठन भएको तल्लो देउराली क महिला स्वावलम्बी समुहकी सदस्य कमला लिम्बुको निधन भएपछि निज सदस्यले पाउने बीमा रकम एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

मृतकका श्रीमान कर्ण बहादुर लिम्बुलार्ई बीमा वापतको रकम ६९ हजार रुपैयाँ धरान वडा न. ५ का वडा सदस्य कुमार देवान र मान बहादुर लिम्बु तथा शाखा कार्यालय पाचंकन्याका शाखा प्रमूख टिकाराम गिरीले सयुक्त रुपमा प्रदान गरेका थिए ।

शाखा प्रमूख गिरीका अनुसार समुहका सदस्यले कर्जा लिए बापत बैकको बीमा नियम अनूसार सदस्यको कालगतीमा मृत्यू भए बापत १ सय ४० प्रतिशत र दुर्घटनामा मृत्यू भए बापत २ सय ९० प्रतिशत क्षतिपूर्ति रकम दिने व्यवस्था भएको बताए । यसैगरी सदस्यको श्रीमानको मृत्यु भएमा १२ हजार ६ सय ५० क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको छ ।

बैंकले विपन्न, जनजाति र दलित परिवारका लछित वर्गलाई समेटी समुह गठन गरी ऋण प्रभाव मार्फत कार्यक्रम विस्तार गर्दै महिला दिदी बहिनीहरुको जिवनस्तरमा परिवर्तन गरेकोमा समुहका सदस्यहरुले धन्यवाद दिँदै यस्तो कार्यले समुहका सदस्य तथा सदस्यको परिवारलाई राहत हुने बताए ।