Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बझाङ्गको चैनपुरमा निर्धन उत्थान बैंकको ब्यवसायिक उन्नत बाख्रापालन तालिम सम्पन्न

२०७५ बैशाख १३ गते

निर्धन उत्थान बैंक लिमिटेडले बझाङको चैनपूरमा “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको छ । ३२ जना ग्राहक सदस्यहरुको सहभागितामा बैशाख १० गतेदेखि १२ गतेसम्म संचालन गरिएको तालिममा ज्ञान बहादुर थापा, नरि लाल जोशी र कर्ण बहादुर खड्काले प्रशिक्षण दिए ।  

बैंकका अत्तरिया क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत नवराज जोशीका अनुसार, तालिममा उन्नत बाख्रापालनको आवश्यकता र महत्व, स्थानीय र उन्नत बाख्रापालनबीचको भिन्नता, बाख्रापालन विधि, जातीय परिचय, आहारका स्रोतहरु, खोर निर्माण, संभावित रोगहरु र रोगबाट बच्ने उपाय, सरसफाई, बजार व्यवस्थापन, बाख्रापालनको स्कीम लगायतका विषयमा जानकारी दिइएको थियो । 

एक परिवारमा एक जना उद्यमी बनाउन पहल गरी रहेको बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको जोशीले बताए ।