April 16th, 2018

वोमी माइक्रोफाइनान्सद्धारा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्यक्षेत्रमा लघुवित्त कार्यक्रम विस्तार गर्नका लागि स्वीकृति प्राप्त  भएको वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय भरतपुरले चितवन जिल्ला इच्छाकामना गाउपालीकाका समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमबाट १०० जना लाभान्वित भएको माइक्रोफाइनान्सले जनाएको छ ।

कार्यक्रममा ल्याव टेक्नीसीयनहरुबाट उपस्थित जनसंख्याको रगत सम्बन्धी बिभिन्न किसीमको परिक्षण गरी उपस्थित जनसमुदायहरुलाई जनरल मेडीसियन हेल्थ एसिस्टेन्ट सागर पोखरेलले स्वास्थ्य सम्बन्धी परामर्श दिए ।

कार्यक्रममा वित्तीय संस्थाका प्रबन्धक धनश्याम भट्टराई, एरीया प्रमुख बलराम कालाखेती, बिमल कोइराला, भरतपुर शाखा प्रमुख प्रमोद चौलागाई लगायत अन्य उपस्थित कर्मचारीबाट कार्यक्रममा समुदायका विभिन्न घरधनीहरुलाई उपस्थित गराई सहजीकरण गर्ने तथा वित्तीय संस्थाले आगामी दिनमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि जानकारी गराए । उक्त कार्यक्रममा इच्छाकामना गाउँपालिकाका स्थानिय समुदायहरुको बाक्लो उपस्थिति रहेको थियो ।

स्वास्थ्य परिक्षण तथा स्वास्थ्य परामर्शबाट लाभ लिएकाहरुलाई तुरुन्तै स्वास्थ्य रिपोर्ट समेत दिने तयारी गरिएको एरिया प्रमुख बलराम कालाखेतीले उक्त समुदायमा जानकारी दिए ।

यस वित्तीय संस्थाको भरतपुर शाखाले विभिन्न ग्रामिण भेगका सदस्य तथा अन्य समुदायलाई सिमपुलक तथा नेतृत्व विकास सम्बन्धि कार्यक्रम सञ्चालन गरिसकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]