Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

ब्रोकरबिना नै सेयर कारोबार प्रविधि आउँदै

२०७४ चैत्र २२ गते

बैंकिङ खबर । ब्रोकरकहाँ नगई सेयर कारोबार गर्न सकिने प्रविधि आउने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जेठमा अनलाइन प्रणालीको परीक्षण गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्ष्भित्रमा नै पूर्ण रुपमा अनलाइन प्रणाली लागू गर्ने तयारी गरिरहेको नेप्सेले जेठमा परीक्षण गर्न लागेको हो । यसका लागि सफ्टवेर तयार गर्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ । सफ्टवेर वाइको कम्पनीले बनाइरहेको छ । कम्पनीका अनुसार १८ वटा मोडेलमध्ये १६ वटाको काम लगभग सकिएको छ । नेप्सेका अनुसार जेठमा अनलाइन प्रणालीको आन्तरिक परिक्षण गरेपनि त्यसपश्चात् युजर एसेप्टेन्स टेस्टिङ (युएटी)गर्नुपर्ने हुन्छ ।

अहिले सेयरको प्राथमिक बजारमा डिम्याट खाता, अनलाइन आस्वा लगायतका विभिन्न प्रविधिहरु भित्रिरहेका  छन् । यद्यपि, दोस्रो बजारमा भने अझै पनि ब्रोकरकहाँ नै धाउनुपर्ने अवस्था छ । यसै अवस्थालाई मध्येनजर गर्दै र लगानीकर्ताको मागलाई ध्यानमा राख्दै नेप्सेले अनलाइन कारोबारको सुरुवात गर्न लागेको हो ।

अन्य विकसित मुलुकहरुमा हेर्ने हो भने प्राथमिक बजारको तुलनामा दोस्रो बजार प्रविधिको प्रयोगमा निकै अगाडी हुने गरेको छ । नेपालमा भने ठीक विपरीत भइरहेको छ । त्यसैले, लगानीकर्ता एवम् ब्रोकरहरुले अनलाइन ट्रेडिङको सुरुवात छिटै गरिनुपर्ने माग राख्दै आएका छन् ।