बैंकिङ खबर । सानिमा बैंकले विभिन्न सात पदमा कर्मचारी मागेको छ । बैंकले रिलेसनसिप मेनेजर, अफिसर काड्र्स बिजनेस, अफिसर काड्र्स अपरेसन, ब्रान्च मेनेजर, रेमिट्यान्स अफिसर, रिलेसनसिप अफिसर र अपरेसन अफिसर पदका लागि दरखास्त आह्वान गरेको हो । एक आवेदकले एउटा मात्रै पदमा आवेदन दिन पाउने बताइएको छ । आवेदक अनुभवी भएमा शैक्षिक योग्यतालाई प्राथमिकतामा नराखिने बताइएको छ । आवेदन अन लाइनमार्फत दिनुपर्नेछ । आवेदन दिने म्याद १३ अप्रिल अर्थात चैत्र ३० गते साँझ ५ बजेसम्म रहेको छ ।
