Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कन्काई विकास बैंकले कमायो २ करोड मुनाफा

२०७३ बैशाख ३१ गते

kankaiकन्काई विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा २५ प्रतिशतले बढाएको छ । बैँकले चैत्र मसान्तसम्ममा २ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको सो अवधिमा बैँकले१ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । 

बैंकले निक्षेपमा ३९.४३ प्रतिशतले वृद्धि गरी १ अर्ब २२ करोड ७४ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा २०.९८ प्रतिशत बढाएर ९५ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १९.५६ प्रतिशतले बढेर ५ करोड ५९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २४ प्रतिशतले बढेर ३ करोड १७ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ६१ लाख रुपैयाँ राखिएको छ ।

बैंकको जोखिमयुक्त सम्पत्ति १४.५८ प्रतिशत र निष्कृय कर्जा १.१७ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक २१.५५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १५.०३ गुणा, प्रतिशेयर नेटवर्थ १२९.६० रुपैयाँ र तरलता अनुपात २७.३६ प्रतिशत रहेको छ ।