Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

म्युचुअल फण्ड र यसका प्रकारहरु

२०७४ चैत्र २० गते

बैंकिङ खबर ​/ संरचनागत रुपमा म्युचुअल फण्ड दुई प्रकारका हुन्छन् : खुल्ला समाप्ति कोष र बन्द समाप्ति कोष ।

खुल्ला समाप्ति कोष : खुल्ला समाप्ति कोष कुनै पनि समयमा किनबेचको लागि उपलब्ध हुन्छ भने दोस्रो बजार अर्थात नेप्सेमा सूचिकृत हुँदैन । यसको किनबेच कुनै पनि समयमा खुद सम्पत्ति मूल्यको आधारम ागर्न सकिन्छ । यस्तो कोषलाई यति नै ईकाई जारी गर्नुपर्छ भन्ने रोकावट वा नियम नहुने हुँदा मागको आधारमा जति ईकाई पनि जारी गर्न सकिन्छ भने ईकाईधारीहरुको बेच्न चाहेमा कोषले नै किन्न पनि सक्ने हुन्छ । 

बन्द समाप्ति कोष : बन्द समाप्ति कोषले निश्चित संख्यामा तोके बमोजिमको ईकाई सामान्यतः तीनदेखि १५ वर्षसम्मको समयको लागि जारी गर्ने गर्छन् । बन्द समाप्ति कोषले निश्चित पुंजी प्राथमिक निष्काशनद्वारा संकलन गर्ने गर्छन् । यसरी संकलित कोषलाई धितोपत्र बोर्डमा सुचिकृत गरिन्छ र दोस्रो बजारमा कारोबार गरिन्छ । तय गरेअनुसारको समय सिमा सकिएपछि लगानीकर्ताले ईकाईको लगानी सहितको लाभ फिर्ता पाउँछन् । नेपालमा हाल पाँच बर्षे र सात बर्षे बन्द समाप्ति कोषहरु संचालनमा छन् ।