May 13th, 2016

एनआईडीसी डेभलपमेन्ट बैंक ९ करोड घाटामा 

nidcचालू आर्थिक वर्षको ९ महिनामा एनआईडीसी डेभलपमेन्ट बैंकले ९ करोड ४ लाख रुपैयाँ गुमाएको छ । गत आर्थिक वर्षको सो अवधिमा ३४ करोड २० लाख रुपैयाँ नाफामा रहेको बैँकको मुनाफा यसवर्ष ७३.५६ प्रतिशतले घटेपछि बैँक घाटामा गएको हो ।  

बैंकले २७ अर्ब ४३ हजार रुपैयाँ जगेडाकोषमा राखेको छ । निक्षेपमा २२.९५ प्रतिशतले वृद्धि गरी १ अर्ब ५९ करोड २१ लाख रुपैयाँ संकलन गरेको बैँकले कर्जामा २ अर्ब ४८ करोड १ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५६.५१  प्रतिशतले घटेर १ करोड ४४ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा पनि १३.१४ प्रतिशतले घटेर ५ करोड २४ लाख १५ हजार रुपैयाँमा झरेको छ । 

बैंकको प्रतिशेयर आम्दानी वार्षिक २९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ७४९.३२ रुपैयाँ रहेको छ । बैंकको निस्कृय कर्जा २०.९६ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति ७७.६० प्रतिशत रहेको छ ।