चालू आर्थिक वर्षको ९ महिनामा ओम डेभलपमेन्ट बैंकले १४ करोड १० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैँकले गत वर्षकोभन्दा ७४.२१ प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा ८ करोड ९ लाख रुपैयाँ कमाएको थियो ।
बैँकले गत वर्षको भन्दा १४३.६७ प्रतिशतले बढी अर्थात् १० अर्ब ९३ करोड २ लाख रुपैयाँ निक्षेप संकलन गरी कर्जामा गतवर्षकोभन्दा १४२.४२ प्रतिशत बढी अर्थात् ८ अर्ब ९९ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ९४.२४ प्रतिशतले बढेर ३३ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६९.७२ प्रतिशतले बढेर २१ करोड ३२ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ५ करोड रुपैयाँ राखिएको छ ।
त्यस्तै, बैंकको निष्कृय कर्जा १.९ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १३.८ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १७.८६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १८.२ गुणा, प्रतिशेयर नेटवर्थ १३७.०४ रुपैयाँ र तरलता अनुपात २५.९३ प्रतिशत रहेको छ ।