देव विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैँकले गत वर्षको तुलनामा ६१.६४ प्रतिशतले बढी मुनाफा आर्जन गरेको हो । गत वर्षको तेस्रो त्रैमासमा बैँकले १४ करोड ६८ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
बैंकले निक्षेपमा गत वर्षको भन्दा ६५.६० प्रतिशत बढी अर्थात् ७ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट गत वर्षकोभन्दा ८८.६६ प्रतिशत बढी अर्थात् ६ अर्ब ४९ करोड २ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैँकको खुद व्याज आम्दानी ५४.८६ प्रतिशतले बढेर २२ करोड ३३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ६३.२९ प्रतिशत घटेर ८ करोड ७२ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ४ करोड रुपैयाँ राखेको छ ।
बैंकको प्रति शेयर आम्दानी वार्षिक ९.१३ रुपैयाँ, प्रति शेयर नेटवर्थ १३१.८४ रुपैयाँ, तरलता अनुपात ९.१८ प्रतिशत र मुल्य आम्दानी अनुपात २४.६४ गुणा रहेको छ । बैंकको निष्कृय कर्जा ४.९६ प्रतिशत र जोखिमयुक्त सम्पति १३.९७ प्रतिशत रहेको छ ।