Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

इपिएस भाषा परीक्षाको शुल्क ग्लोबल आइएमई बैंकका ११८ शाखाहरुबाट संकलन  

२०७४ चैत्र ८ गते

ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन गर्ने एकमात्र बैंक हो । गत बर्ष जस्तै यस वर्षपनि बैंकले मिति २०७४/१२/०८ देखि २०७४/१२/१७ गतेसम्म सञ्चालन हुने ९ औँ  इपिएस कोरियन भाषा परीक्षा को परीक्षा शुल्क पूर्व मेचि देखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ११८ शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाएको हो । 

नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग संगको सहकार्यमा सुरुवात देखि नै ग्लोबल आइएमई बैंकले इपिएस भाषा परीक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकका देशभर रहेका ११८ वटा शाखाहरु मार्फत परीक्षा शुल्क संकलन गरिएको कारण सेवाग्राहीहरुले सहज तरिकाले परीक्षा शुल्क बुझाउन पाएका छ्न ।