Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

सिद्धार्थ बैंकको बोनस पारित

२०७४ चैत्र ५ गते

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १६औं वार्षिक साधारणसले १४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । आइतबार सम्पन्न साधारणसभामा  बैंक सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १ सय ५५ रुपैयाँको १४ प्रतिशत अर्थात ९५ करोड ५६ लाख ५६ हजार ४ सय २ रुपैयाँ (पन्चानब्बे करोड छपन्न बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यसरी पारित १४ प्रतिशत बोनस शेयर र यस अघिनै स्वीकृतभई जारी भइरहेको  १० प्रतिशत  हकप्रद शेयर समेतबाट बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड पुग्नेछ ।

बैंकले हालै देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, , १०७ एटीएम र ६८७ एटिएम मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोहि अवधीमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।