बैंकिङ खबर / तत्कालीन किष्ट बैंकका सिइओ कमल ज्ञवाली, उनलाई के नपुग्दो थियो ? तर श्रीमतिका नाममा घोटाला सुरु गरेपछि उनी जीवनमै कहिँ उठ्न नसक्नेगरी बैंकिङ कसुरमा फसे । उनी जस्तै अरु कैयौं बैंकका व्यक्ति पनि बैंकिङ कसुरको सजाय भोग्दैछन् । न लुकाएर लुक्छ, न ढाँटेर ढाँटीन्छ । एक दिन न एकदिन फन्दामा परिन्छ नै । वित्तीय अनुशाशन उलंंघन त्यो पनि बैंकमा । एउटा कष्टमरको १ सय रुपैयाँ तलमाथि भयो भने त समस्या आइलाग्छ, करोडौं करोड कसरी खान सकिन्छ भनेर हात हाल्छन् उनीहरु ? गम्भिर प्रस्न यो हो । यस्ता केही प्रस्नहरुको उत्तर आउन नपाउँदै नेपालको बैंकिङ क्षेत्रमा अर्को ठुलो काण्ड बल्जीएको छ । बैंक संचालक समितिको अध्यक्ष बनेका व्यक्ति नै बैंकिङ कसुरको काममा लिप्त भएपछि अरु सामान्य कर्मचारी कसरी जोगिन सक्नु ।
एनसीसी बैंक र एपेक्स डेभलपमेन्ट बैंक मर्जरमा जाने निर्णय भए लगत्तै सुरु भयो यो एउटा डरलाग्दो कहानी । विभिन्न शाखामा नक्कली पात्र र नक्कली कागज गरेर किर्ते कर्जा दिन सुरु गरियो । धेरै र छिटो कमाउने लालचामा सुरु भयो घटना । यही लालचाको फन्दामा परे करिव १ दर्जन व्यक्तिहरु । जब बैंक मर्ज भयो अध्ययन गर्दै जाँदा घटना छिपेन । फलस्वरुप नेपाल राष्ट्र बैंकले व्यबस्थापनको जिम्मेवारी सहित अध्ययन सुरु गर्यो । अन्तत सबै घटना भेटियो र पत्ता लाग्यो करिब १ अर्ब घोटालाको रहस्य । यो रहस्यमा परे तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णुप्रसाद धिताल सहितका कर्मचारी ।
को को परे काण्डमा ?
एनसीसी बैंकबाट पक्राउ पर्नेमा सबै तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका संचालक र कर्मचारी रहेका छन् । जस अनुसार विष्णु प्रसाद धिताल तत्कालिन एपेक्स डेभलपमेन्ट बैक अध्यक्ष, ईच्छा बहादुर गुरुङ तत्कालिन एपेक्स डेभलपमेन्ट बैक संचालक, सुवर्ण राज भण्डारी तत्कालिन एपेक्स डेभलपमेन्ट बैक संचालक, मधुवन लाल श्रेष्ठ तत्कालिन एपेक्स डेभलपमेन्ट बैक संचालक, ऋषी राज भट्ट तत्कालिन एपेक्स डेभलपमेन्ट बैक निमित्त कार्यकारी अधिकृत, दुर्गा दत्त जोशी, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकका वरिष्ठ प्रबन्धक, रामचन्द्र बसौला तत्कालिन एपेक्स डेभलपमेन्ट बैक सहायक महाप्रबन्धक, बिकास श्रेष्ठ तत्कालिन एपेक्सको डेभलपमेन्ट बैक शाखा प्रबन्धक, सागर नेउपाने तत्कालिन एपेक्स डेभलपमेन्ट बैक लोकन्थली शाखा प्रमुख, मान ब राउत तत्कालिन एपेक्स डेभलपमेन्ट बैक शाखा प्रबन्धक
विनित मणि उपाध्याय, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकक सहायक महाप्रबन्धक, मोहन खरेल तत्कालिन एपेक्स डेभलपमेन्ट बैक कर्जा अधिकृत र सुदिप थापा तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक पक्राउ परेका छन् । उनीहरुलाई करिव १ अर्ब रुपैयाँ घोटाको अभियोग लागेको छ । बैंकिङ क्षेत्रको यो निकै ठुलो घोटालाको काण्ड हो । एपेक्स र एनसीसी मर्ज भएपछि एनसीसी बैंकलाई राष्ट्र बैंकले व्यबस्थापन कार्यमा निगरानी राख्दै आएको थियो ।

