March 12th, 2018

गर्व गर्नलायक  नेपाल टेलिकमका नौ उपलब्धीहरु

ढुन बहादुर बुढाथोकी,“संघर्ष” । नेपालमा दूरसञ्चार सेवाको सुरुवातआजभन्दा १०४ बर्ष पूर्ब अर्थात बि.स. १९७० मा भएको थियो । आज उपभोक्ता सामु नेपाल टेलिकमको नामले पहिचान बनाएको राज्य  अधिनस्त संस्था बि.स.१९९१ मा टेलिफोन हेडअफिस, बि.स.२०१६ मा दूरसञ्चार समिति, बि.स.२०२६ सालमा दूरसञ्चार बिभाग, बि.स.२०३१ मा संस्थान हुँदै बि.स.२०६० मा कम्पनीमा रुपान्तरण भएको हो । हाल९१.४९ प्रतिशत राज्यको, ०३ प्रतिशत नागरिक लगानी कोषको, ८.४९ प्रतिशत सर्बसाधारणको स्वामित्व रहको उक्त संस्थाले जीबनमा कहिल्यै नोक्सान बेहोर्नु परेको छैन । टेलिकमले२ ०७४ माघ २२मा चौधौँ बार्षिक उत्षब मनाएको छ । कुनै कम्पनीको १४ बर्षे कालखण्ड उसको सबल र दुर्बल पक्षहरु केलाउन पर्याप्त हुन्छ । 

टेलिकमले तुजुक गर्न लायक के कार्य गर्न सक्यो । उक्त कुरा मात्र कलमकारले उजागर गर्ने जर्मको गरेको छ–

दूरसंचारका सबै प्रविधि संचालन गर्ने लाइसेन्स 
दूरसञ्चार क्षेत्रमा उपलब्ध सबैजसो प्रबिधि सञ्चालन गर्ने लाइसेन्स टेलिकमले प्राप्त गरेको छ । पिएसटिएन, जिएसएम मोवाईल, सिडिएमए, एडिएसएल, वाईम्याक्स, फाईबर टु होम, थ्रिजी, फोरजी सेवाको लाईसेन्स नेपाल टेलिकमलाई प्राप्त छ । मुख्य प्रतिस्पर्धी ऐनसेलले सेलुलर मोवाईलको मात्र लाईसेन्स पाएको छ । अझ भन्नुपर्दा पिएसटिएन, एडिएसएल, वाईम्याक्स र सिडिएमएमा नेपाल टेलिकको एकाधिकार जस्तै छ । प्राप्त अबसरहरुको सदुपयोग गर्दै टेलिकमले ७५ जिल्लाहरुमा फिक्स टेलिफोन, एडिएसएल, थ्रिजी, वाईम्याक्स र माइक्रोवेब लिंकपुर्याएको छ । टेलिकमले तुजुक गर्नु मिल्ने पहिलो कुरा हो, यो ।

भौतिक पूर्वाधारमा धनी
जमिन, भबन, जमिन, स्विचिङ, नेटवबर्क जस्ता भौतिक पूर्वाधारमा टेलिकम बास्तबमै धनी छ । अन्य सेवा प्रदायकहरु जमिन र भबनमा निकै नाजुक छन् । त्यसमाथि पुरा जीबनको ह्रास कट्टी भई सम्पतिको किताबी मूल्य शून्य भईसकेका कतिपय मेसिन तथा संयन्त्रहरुको कार्य सम्पादन अझै चुस्त अबस्थामा छ । जारी पूँजी १५ अर्ब मात्र भईकन पनि ०७३।७४ सम्ममा कूल सम्पत्ति एक खर्ब २१ अर्ब पुगेको छ । त्यसमाथि टेलिकमको थाप्लोमा कुनै दायित्व नरहेको अबस्था छ । टेलिकमले तुजुक गर्न मिल्ने दोस्रो कुरा हो, यो ।

मुुलुकको विकासमा योगदान                                               
मुलुकमा भौतिक पूर्बाधार निर्माण, रोजगारी सृजना, बिकासका अबसर सिर्जना गर्नमा पनि टेलिकमको अतुलनीय योगदान रहेको छ । जुन कुरा टेलिकमको बार्षिक बजेट बजेटको आकारवाट पनि पुष्टि हुन्छ । स्मरण रहोस, नेपाल टेलिकमले करिब ७० अर्बको बजेट परिचालन गर्ने क्षमता राख्दछ । जुन अर्थ, भौतिक पूर्धाधार वा कृषि मन्त्रालयको बजेटभन्दा कम होईन । मुलुकको जिडिपिको आकार बृद्धि गर्न टेलिकमको कम्ति ठूलो हात छैन । ०७३।७४ मा टेलिकमले आर्जन गरेको ४४.५९ अर्ब सोही आ.व.मा राज्यले सेवा क्षेत्रवाट आर्जित ४८० अर्बको १०.९३ प्रतिशत हो । टेलिकमले तुजुक गर्न मिल्ने तेस्रो कुरा हो, यो ।

सुशासन पक्ष अब्बल
टेलिकमले उसको संस्थागत सुशासन पक्ष अब्बल रहेको छ । ग्राहक सेवा सुबिधाको लागि नागरिक बडापत्र लागू गरेको छ । आर्थिक अनुशासन कायम गर्न प्रबन्ध निर्देशकभन्दा माथि लेखापरिक्षण समितिको सांगठनिक ब्यवस्था छ । आन्तरिक नियन्त्रण प्रणाली मजबुत बनाउन आन्तरिक लेखा परिक्षण तथा निरिक्षण बिभागको ब्यवस्था गरेको छ । ०७३।७४ सम्मको अन्तिम लेखा परिक्षण गरि २०७४ पौष ३० मा दशौँ बार्षिक साधारण सभा सम्पन्न गरको छ । धितोपत्र बोर्डको कानुनी प्राबधान अनुरुप चौमासिक रुपमा बित्तीय प्रतिबेदन सार्बजनिक गर्दै आईरहेको छ । बित्तीय प्रतिबेदन नेपाल लेखामान मापदण्ड (एनएफआरएस) अनुरुप प्रश्तुत गर्न चुकेको छैन । टेलिकमले तुजुक गर्न मिल्ने चौथो कुरा हो, यो ।

सबैभन्दा ठूलो करदाता
कम्पनीले आफ्नो जीबनमा कहिल्यै नोक्सान बेहोरेको छैन । कम्पनीकरण पश्चात पनि निरन्तर १२ बर्ष राज्यलाई सर्बाधिक कर बुझाएको नजिर छ । अघिल्लो बर्ष राज्यलाई सर्बाधिक मू.अ.कर बुझाएको छ । नेपाल बिद्युत प्राधिकरण, खानेपानी संस्थान लगायतका जनउपयोगी संस्थाहरु बर्षौँ पयन्त घाटाको आहालमा डुबिरहदा ०७३।७४ मा खुद मुनाफा १५.३७अर्ब आर्जन गरेको छ । महत्वपूर्ण कुरा चाहिँ कूल आयको ५० प्रतिशतभन्दा अधिक हिस्सा करको रुपमा राज्यकोषमा दाखिला गरेको छ । टेलिकमले तुजुक गर्न मिल्ने पाँचौ कुरा हो, यो ।

५२.६७  प्रतिशत बजार
दूरसञ्चार सालिन्दा भर्जिन एरिया बिकास भईरहने क्षेत्र पनि हो । दूरसञ्चार क्षेत्र आफैँमा उच्च प्रतिफलमूलक क्षेत्र पनि हो । त्यसमाथि दूरसञ्चार सेवा आमनागरिकको आधारभूत आबश्यकताको पर्यायको रुपमा स्थापित भईसकेको छ । यी अबसरहरु हात पार्न टेलिकम चुकेको छैन । २०७४ भाद्रमा सम्ममा भ्वाईसमा ४९ प्रतिशत र डाटा ५२.७६ प्रतिशत बजार उसको पोल्टामा रहेको छ । ५ थान दूरसञ्चार सेवाप्रदायकका बाबजुद यो कुनै मामुली हिस्सा होईन । जबकी एनसेलमा एशियाका १० मुलुकमा लगानी रहेको बहुर्राष्ट्रिय लगानीकर्ता एक्जीयाटाको ८० प्रतिशत लगानी रहेको छ । टेलिकमले तुजुक गर्न मिल्ने छैठौं कुरा हो, यो ।

हरेक तवरबाट गतिशील
टेलिकमले आफुलाई गतिशिल बनाउन चुकेको छैन । सांगठनिक संरचनामा परिर्बन गरी उक्त सबुत पेश गरेको छ । कार्यकारी प्रमुख खुला प्रतिस्पर्धावाट चयनको प्रबन्ध मिलाएको छ । बर्तमान प्रबन्ध निर्देशक खुला प्रतिस्र्धाबाट नियुक्त भएकी हुन् । तह दश र एघारमा क्यापिङको प्रबन्ध मिलाएको छ । जस अनुसार प्रबन्धकको सेवा अबधि ८ बर्ष र नायब प्रबन्ध निर्देशकको सेवाअबधि ५ बर्ष निर्धारण भएको छ । कम्पनीले स्वइच्छिक अबकाश योजना अगाडि सारेको छ । जसअनुसार कर्मचारी ८०६ जना कर्मचारी वाहिरएका छन् ।  प्राबिधिक लेखापरिक्षण र सांगठनिक पुन संरचनागरेको छ । त्यस्तै कम्पनीमा रणनीतिक साझेदार भित्राउन आबश्यक गृहकार्य गरिहेको छ । टेलिकमले तुजुकगर्न मिल्ने सातौैं कुरा हो, यो ।

ग्राहकमुखी सेवा
सेवालाई ग्राहकमुखी बनाउन टेलिकम प्रयत्शील छ । महशुल भुक्तानीको लागि ३६५ दिने काउन्टर सञ्चालनमा ल्याएको छ । जुन सुकै काउन्टरमा महशुल भुक्तानी मिल्ने प्रबन्ध मिलाएको छ । बैंक, वेब रिचार्ज, ईपे र एम्पोसमार्फत महशुल भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएको छ । महशुल, गुनासो र अन्य जानकारीको लागि १९७, १९८ र १६०६ लगायतका आईभिआर सुबिधा उपलब्ध गराएको छ । सबै सेवाको महशुल एक थलोबाट भुक्तानी गर्ने गरी कन्भरजेन्ट रियल टाईम बिलिङ सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकका अनुभूति, अपेक्षा ब्यवस्थापन गर्न सुबिधायुक्त ग्राहक अनुभूति केन्द्र(कस्टमर एक्सपिरिएन्स सेन्टर), गुनासा र जिज्ञासाहरु ब्यवस्थापन गर्न ग्राहक सम्बन्ध ब्यवस्थापन केन्द्र(कस्टमर रियलनसिप मेनेजमेन्ट डेक्स) स्थापना गर्ने कार्य अगाडि बढाएको छ । हरेक बर्ष कम्पनीको बार्षिक उत्सब र ठूला चाडपर्ब अबसरमा महशुल दरमा उल्लेखीय कटौति गर्दै आएको छ । टेलिकमले तुजुक गर्न मिल्ने आठौं कुरा हो, यो ।

समाजिक क्षेत्रको विकासमा लगानी
आर्जित आयको केही हिस्सा सामाजिक क्षेत्रको बिकासमा लगानी गर्न टेलिकम चुेकेको छैन । पर्यटन प्रबद्र्धनमा टेवा मिलोस भन्ने हेतुले त्रिबि बिमानस्थल र पोखरा बिमान स्थलमा निःशुल्क ५१२ केबिपिएस वाईफाई र स्थानीय टेलिफोन सेवा उपलब्ध गराएको छ । वाग्मति सफाई अभियानलाई सफल तुल्याउन निःशुल्क बल्क एसएमएस सहित प्रत्यक्ष सहभागिता जनाउँदै आएको छ । उपत्यकामा हरियाली कायम गर्न बानेश्वरदेखि माइतिघरसम्म हरियाली प्रबद्र्धन गर्दै आएको छ । उपत्यकालाई स्वच्छ र सफा राख्न कालमोचनघाट तथा गुह्येश्वरीमा सार्बजनिक सौचालय निर्माण गरेको छ । स्वाथ्य क्षेत्रलाई चुस्त पार्न सामुदायिक महिला स्वास्थ्यकर्मीलाई ५० रुपैयाँ टक भ्यालु सहितको रिम/सीम कार्ड निःशुल्क उपलबब्ध गराएको छ । सामाजिक सुरक्षालाई मजबुत बनाउन जनआन्दोलनका घाईतेहरु र फरक क्षमता भएका ब्यक्तिलाई ५० रुपैयाँ टक भ्यालु सहितको रिम–सीम निःशुल्क उपलब्ध गराएको छ । दैबि प्रकोपवाट पर्न गएको बर्जवात मत्थर पार्न २०७२ को महाभुकम्पको अबसरमा १ अर्ब ४७ करोड बराबरको कल तथा एसएमएस निःशुल्क गरेकोमा हाल प्रभाबित जिल्लाका निम्नमाध्यमिक बिद्यालयहरुमा हेड सेट, वेभ क्याम्प, प्रिन्टर, वाईम्याक्स ओडियु, कम्प्युटर सहित आईसिटि सेन्टर स्थापना गरेको छ । खेलकुद क्षेत्रको ब्यावसायिक बिकासमा टेवा मिल्ने गरी ए डिभिजन फुटबलको बिभागीय टिम, नेपाल पुलिस क्लबलाई बि.स. २०६८ नियमित रुपमा प्रायोजन गर्दै आएको छ । जलबिद्युतको क्षेत्रमा खडकिएको लगानी अभाब पुरा गर्न त्रिशुली थ्रिबी, अपर तामाकोशी र जलबिद्युत बिकास कम्पनीसँग साझेदार बनेको छ । सामाजिक सचेतना मजबुत तुल्याउन बिभिन्न संघ संस्थाहरुको अनुरोधमा जनचेतनामूलक र सामाजिक सन्देशहरु निःशुल्क संप्रेशण गरी बाताबरण संरक्षण, मानबअधिकार संरक्षण, अर्थिक अपराध न्युनिकरण, महिला हिंसा न्युनिकरणमा टेवा पुराएको छ । देशको शान्ति सुरक्षा, आगजनी, ट्राफिक ब्यवस्थापन जस्ता सामाजिक क्षेत्रमा टेवा मिल्ने गरी तीन अंकको टेलिफोन सेवा (१००, १०१, १०२, १०३, १०७) निःशुल्क उपलब्ध गराएको छ । टेलिकमले तुजुक गर्न मिल्ने नबौंं कुरा हो, यो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]