Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

बचत खाताको व्याज आठ प्रतिशत मात्रै

२०७४ फाल्गुन १९ गते

बैंकिङ खबर । वाणिज्य बैंकहरुले बचत खातामा  आठ प्रतिशतभन्दा बढी व्याज नदिने सहमति गरेका छन् । यसअघि मुद्दति निक्षेपमा व्याजदर ११ प्रतिशतभन्दा बढी नपुर्याउने सहमति गरेका बैंकर्सले अब बचत खातामा पनि व्याजदरको सीमा तोकेका हुन् । बचतको ब्याज दर मुद्दति निक्षेपको भन्दा एक प्रतिशत बिन्दुले मात्र कम भएपछि २८ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले यस्तो सहमति गरेका हुन् । 

व्याजदर घटाउन आइतबारसम्मको समय
कतिपय बैंकले बचत खातामा नै १० प्रतिशतसम्म ब्याज दिन थालेका छन् । अहिले एनआइसी एसिया, कुमारी, सिभिल लगायतका बैंकहरुले बचत खातामा १० प्रतिशत ब्याज दिइरहेका छन्  । यी बैंकहरुलाई व्याजदर आठ प्रतिशतमा झार्न आइतबारसम्मको समय दिइएको छ । 

कर्जा लगानीमा कडाई
बैंकर्सबीच कर्जा लगानीमा गरिएको कडाईलाई केही समय कायम राख्ने सहमति पनि भएको छ । निक्षेप नबढी कर्जा दिँदा समग्र बैंकिङ प्रणालीमा नै असर पर्ने  हुँदा  तत्कालका लागि कर्जा लगानीमा कडाई गर्ने परानो सहमतिलाई नै निरन्तरता दिने दिने निर्णय गरेको बैंकर्सको भनाई छ ।