२०७३ बैशाख २९ गते

एनएमबी बैँकको नाफा ७७ करोड

nmb bankचालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबी बैंकले ७७ करोड ११ लाख रुपैयाँ मुनाफा कमाएको छ । बैँकले गत वर्षकोभन्दा ३७ करोड बढी नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा एनएमबी बैँकले ४० करोड रुपैंया खुद नाफा कमाएको थियो । 

४ अर्ब १५ करोड ४५ लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकले ९ महिनाको अवधिमा ५७ अर्ब ४५ करोड रुपैंया निक्षेप संकलन तथा ४८ अर्ब ४५ करोड रुपैंया कर्जा प्रवाह गरी १ अर्ब ३७ करोड खुद व्याज आम्दानी गरेको छ । समिक्षा अवधिमा बैंकको निष्कृय कर्जा अनुपात भने बढेको छ । गत आर्थिक वर्षमा यसैअवधिमा ०.४७ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात यस पटक १.७० प्रतिशतमा पुगेको छ । २९ करोड रुपैयाँ सम्भावित जोखिममा राखेको बैंकले यसअवधिमा ३१ करोड २१ लाख रुपैयाँ बराबरको खराब कर्जा उठाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी २४ रुपैंया ७५ पैसा रहेको बैंकको मुल्य आम्दानी अनुपात २४.६१ गुणा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १ सय ५७ रुपैंया १० पैसा तथा तरलता अनुपात २३.७२ प्रतिशत रहेको छ ।