Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सूर्योदय लघुवित्तको ७० प्रतिशत हकप्रद फागुन २५ गतेदेखि

२०७४ फाल्गुन ४ गते

बैंकिङ खबर । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २५ गतेदेखि ७० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । चैत्र २८ गतेसम्म खुला रहने  हकप्रदमा माघ २५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

संस्थाको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । ग्लोबल आइएमई क्यापिटल जमल, सूर्योदय लघुवित्तको केन्द्रिय तथा शाखा कार्यालयहरु र आस्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रदका लागि आवेदन दिन पाइनेछ ।

हाल सूर्योदय लघुवित्तको चुक्तापुँजी चार करोड रुपैयाँ रहेको छ । एक सय रुपैयाँ अंकित मूल्यमा दुई करोड ८० लाख रुपैयाँ बराबरको दुई लाख ८० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेपछि संस्थाको चुक्तापुँजी छ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।