Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आरम्भ माइक्रोफाइनान्सद्धारा सहायक स्तरीय क्षमता अभिवृद्धि तालिम सम्पन्न 

२०७४ फाल्गुन २ गते

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा स्थित केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आयोजनामा संस्थामा कार्यरत सहायक स्तरका कर्मचारीहरुलाई लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । धुलीखेल तालिम केन्द्र, धुलीखेल काभे्रपलाञ्चोकमा माघ २९ गते संचालित तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बिनोद आचार्यले छोटो समयमा नै संस्थाले हासिल गरेको उत्साहजनक उपलब्धीको लागि सबै कर्मचारीहरुप्रति आभार प्रकट गर्दै सकारात्मक सोचका साथ उच्च मनोवल कायम राखि कार्यक्रमको गुणस्तरमा ध्यान दिई कार्य सम्पादन गर्न निर्देशन दिए । उक्त एक दिने कार्यक्रममा संस्थाका विभागिय प्रमुख पुष्कर घिमिरे रसुवास मणी बस्ताकोटीले तालिम दिएका थिए ।