एभरेष्ट बैंक लिमिटेडले संयुक्त राज्य अमेरिकाबाट जुम कर्पोरेसनमार्फत डिजिटल मनी ट्रान्सफर (रेमिट्यान्स) सेवा सुरु गरेको छ । रेमिट्यान्स पठाउन चाहने ग्राहकहरुले अमेरिकी १ हजार अमेरिकी डलर पठाएवापत जम्मा ४.९९ अमेरिकी डलर शुल्क संयुक्त साझेदार जुम कर्पोरेसनलाई बुझाउनु पर्नेछ । यसरी पठाएको रकम अमेरिकी बैंक खाता मार्फत पठाएमा १ हजार अमेरिकी डलरभन्दा माथिको रकममा शुल्क लाग्ने छैन ।
जुम कर्पोरेसन अमेरिकाको प्रमुख डिजिटल मनी ट्रान्सफर कम्पनी हो जसले पैसा पठाउन, बील भुक्तानी तथा परिवार तथा आफन्तको मोबाईलको रिचार्ज वापतको भुक्तानी गर्न मोबाईल फोन, ट्यावलेट वा कम्प्यूटर मार्फत सुरक्षित, द्रुत र शुलभ तरिकाले सेवा प्रवाह गर्दै आएको छ ।
एभरेष्ट बैंक लिमिटेड भारतको पञ्जाव नेशनल बैंकसंगको संयुक्त लगानीमा स्थापित नेपालको वाणिज्य हो । एभरेष्ट बैंकले आफ्ना ६१ वटा शाखा, ५ वटा एक्स्टेन्सन काउण्टर, २४ वटा राजश्व संकलन काउण्टर र ८४ वटा एटिएम मेसिनका साथै देश विदेशमा रहेका ६ सयभन्दा बढी प्रतिनिधिहरु मार्फतआधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।




