बैंकिङ खबर । १० जिल्ला कार्यक्षेत्र भएको आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । संस्थाले १० जना शाखा प्रबन्धक, ३० जना कनिष्ठ सहायक (प्रशिक्षार्थी), नायब प्रमुख कार्यकारी अधिकृत र केही संख्यामा करारमा कनिष्ठ सहायक माग गरेको छ ।


