Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

२८ वाणिज्य बैंक : कर्जा परिचालनमा कुन अगाडी ?

२०७४ माघ २५ गते

बैंकिङ खबर । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा कर्जा प्रवाहमा नेपाल इन्भेष्टमेन्ट बैंक सबैभन्दा अगाडी देखिएको छ । बैंकले एक खर्ब १३ अर्ब ६७ करोड ११ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाहेक तीन बैंकको कर्जा लगानी खर्बमाथि छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एक खर्ब १० अर्ब ६५ करोड ४५ लाख रुपैयाँ, एनआईसी एशिया बैंक लिमिटेडले एक खर्ब दुई अर्ब २० करोड सात लाख ४५ हजार रुपैयाँ र नविल बैंक लिमिटेडले एक खर्ब ८५ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।

पुस मसान्तसम्मको तथ्यांकको आधारमा सबैभन्दा कम कर्जा लगानी रहेको बैंक सिभिल बैंक लिमिटेड रहेको छ । ३३ अर्ब ५५ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । यसबाहेक, पाँच बैंकको कर्जा लगानी ५० अर्बभन्दा मुनि रहेको छ । मेगा बैंक नेपाल लिमिटेडले ४० अर्ब ७६ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने नेपाल बंगलादेश बैंक लिमिटेडले ४१ अर्ब ११ करोड ३९ लाख २६ हजार रुपैयाँ लगानी गरेको छ । त्यस्तै, स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडले ४२ अर्ब ३५ करोड ९९ लाख रुपैयाँ, सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४७ अर्ब दुई करोड ४३ लाख रुपैयाँ र जनता बैंक नेपाल लिमिटेडले ४८ अर्ब ६९ करोड १७ लाख ८३ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् ।

सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले ९८ अर्ब १७ करोड निक्षेप संकलन गरी ९२ अर्ब ११ करोड कर्जा लगानी गरेको छ । ग्लोबल आईएमई बैंक लिमिटेडले ८६ अर्ब ५५ करोड ७४ लाख रुपैयाँ, एभरेष्ट बैंक लिमिटेडले ८४ अर्ब ७३ करोड ६४ लाख ९२ हजार रुपैयाँ, हिमालयन बैंक लिमिटेडले ८२ अर्ब ७५ करोड ७६ लाख रुपैयाँ, नेपाल बैंक लिमिटेडले ७८ अर्ब ७१ करोड रुपैयाँ र सिद्धार्थ बैंक लिमिटेडले ७५ अर्ब ६९ करोड ५४ लाख ७३ हजार रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, पुस मसान्तसम्मा कर्ता लगानी प्रभु बैंक लिमिटेडको ७१ अर्ब ६३ करोड ७८ लाख ५६ हजार रुपैयाँ, नेपाल एसबीआई बैंक लिमिटेडको ७१ अर्ब ३४ करोड १२ लाख रुपैयाँ र एनएमबि बैंक लिमिटेडको ७० अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

यसबाहेक, बैंक अफ काठमाण्डू लिमिटेडले ६४ अर्ब ६६ करोड ९४ लाख २३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने प्राइम कमर्सियल बैंक लिमिटेडले ६२ अर्ब ६० करोड १२ लाख ६८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । सानिमा बैंक लिमिटेडले ६० अर्ब ५२ लाख एक हजार ७८ हजार रुपैयाँ, माछापूच्छ्रे बैंक लिमिटेडले ६० अर्ब २६ करोड ५५ लाख रुपैयाँ, सनराइज बैंक लिमिटेडले ५६ अर्ब २४ करोड १७ लाख ९१ हजार रुपैयाँ र लक्ष्मी बैंक लिमिटेडले ५५ अर्ब दुई करोड २७ लाख १६ हजार रुपैयाँ कर्जा परिचालन गरेका छन् । त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ५३ अर्ब ३१ करोड ६१ लाख १२ हजार रुपैयाँ, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले ५१ अर्ब ४१ करोड ८५ लाख रुपैयाँ र कुमारी बैंक लिमिटेडले कर्जामा ५० अर्ब ९२ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।