May 10th, 2016

प्रभु मनि ट्रान्सफरको प्रोग्रेशिभ फाइनान्स र महिला सहयात्रा माइक्रोफाइनान्ससँग रेमिटेन्स सम्झौता

MOUप्रभु मनि ट्रान्स्फर प्रा.लि र प्रोग्रेशिभ फाइनान्स लि.बिच रेमिटेन्स सम्झौता भएको छ । सम्झौतामा प्रभु मनि ट्रान्स्फरका तर्फबाट नायव महाप्रवन्धक रामेश्वर सापकोटा तथा प्रोग्रेशिभ फाइनान्सका तर्फवाट कार्यकारी प्रमुख विशाल हुमागाइले मंगलबार हस्ताक्षर गरे ।  काठमाडौँको पाको न्युरोड तथा काभ्रेको उग्रतारा पुल वजारमा रहेको शाखाहरुवाट आगामी साताबाट कारोवार संचालन हुने कम्पनिले जनाएको छ । 

त्यसैगरी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थासँग पनि मंगलबार नै सम्झौता भएको छ । सम्झौतामा वित्तीय संस्थाकी प्रमुख कार्यकारी अधिकृत डा.सुमित्रा मानन्धर गुरुङ्गले हस्ताक्षार गरिन् । सम्झौतापश्चात मकवानपुरको चित्लाङ्गमा प्रधान कार्यालय रहेको वित्तिय संस्थाको मकवानपुर, ललितपुर, नुवाकोट, रोल्पा, रुकुम, सल्यान र दोलखा गरी ८ जिल्लाका दुर्गम गाउँहरुका ग्राहकले प्रभु मनि ट्रान्स्फर प्रा.लिको रेमिटेन्स सुविधा पाउन सक्ने भएका छन् ।