बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पर्सा जिल्लाको जिरा भवानी गाउँपालिका वडा नं. २ सेढवामा नयाँ शाखा विस्तार गरेको छ । कुल ७० वटा शाखा भएको माइक्रोफाइनान्सको यो ६४औँ शाखा हो । एक जना शाखा अधिकृत र तीन जना फिल्ड एसिस्टेन्टलाई नियुक्त गरि शाखा कार्यालय संचालन ल्याइएको माइक्रोफाइनान्सले जानकारी दिएको छ । संस्थाको शाखा विस्तार भएपछि सेढवाका स्थानीय हर्षित भएका छन् ।
