सुप्रिम डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गत वर्षको तुलनामा २ गुणा बढी मुनाफा कमाएको छ । बैकले चालू आर्थिक वर्षको ९ महिनामा ११ करोड ५७ लाख रुपैयाँ मुनाफा कमाएको हो । गत वर्षको सोहि अवधिमा बैंकले ४ करोड ३५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
बैंकले निक्षेपमा पनि साढे २ गुणाले वृद्धि गरी ७ अर्ब ३४ करोड ११ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ५ अर्ब ४७ करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै, खुद व्याज आम्दानीमा ४७.८२ प्रतिशतले वृद्धि गरी २० करोड ४४ लाख रुपैयाँ पुर्याएको छ भने संचालन मुनाफा २ गुणाले वृद्धि गरी १४ करोड ९९ लाख रुपैयाँ पुर्याएको छ । बैंकले २ करोड ९२ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।
बैंकको निष्कृय कर्जा ०.९६ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १८.२० प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १९.०१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ११.०५ गुणा, प्रतिशेयर नेटवर्थ १२५.३४ रुपैयाँ र तरलता अनुपात ४१.६५ प्रतिशत रहेको छ ।