Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

संस्थागत सुशासन तथा अनुपालना सम्बन्धी सेमिनार सम्पन्न

२०७४ माघ २० गते

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ११ गते साझेदार सहकारी संस्थाहरुका लागि संस्थागत सुशासन तथा अनुपालना सम्बन्धी सेमिनार सम्पन्न गरेको छ । साझेदार सहकारी संस्थाहरुको संस्थागत सुशासन कायम राख्न तथा नियामक निकायसंग सम्बन्धित उत्तरदायित्व वहन गर्न सहयोग पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको उक्त सेमिनारमा १३ जिल्लावाट २१ वटा संस्थाका ३६ जनाको सहभागिता रहेको थियो । 

समिनारको उद्घाटन सत्रका प्रमुख अतिथि सहकारी विभागका उपरजिष्ट्रार नारायण प्रसाद ज्ञवालीले मन्तव्यको क्रममा सहकारी ऐन २०७४ ले सहकारी संघ संस्थाहरुको संस्थागत सुशासनलाई अझ बढि व्यवस्थित बनाउने प्रयास गरेको बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन)का बरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले सहकारी सिद्धान्त अनुरुप वित्तीय कारोबार गर्ने सहकारी संस्थाले संस्थागत सुशासन कायम गर्नुपर्नेमा दिए ।

सेमिनारमा सहकारीमा सुशासनका अवधारण र सवालहरु विषयमा फस्र्ट माइक्रोफाईनान्सका व्यवसाय विकास तथा सामान्य सेवा प्रमुख—बाबुराम न्यौपाने तथा कर्जा प्रशासन प्रमुख—ज्ञानेन्द्र वाग्ले, सहकारी संस्थामा सुशासन तथा अनुपालना विषयमा सहकारी विभागका उपरजिष्ट्रार—नारायण प्रसाद ज्ञवाली, सहकारी संस्थाका कर दायित्व विषयमा सि.ए. —निर्मल बर्तौला, सहकारीमा बचत  संकलन तथा ऋण व्यवस्थापन विषयमा डिभिजन सहकारी कार्यालय काठमाण्डौका बरिष्ठ सहकारी अधिकृत—आनन्द सारुले सहजीकरण गरेका थिए । 

सेमिनारको अन्तमा सहभागीहरुको तर्फवाट मन्तव्य राख्दै नेपाल बहुउद्देश्यि सहकारी संस्था लि की लेखा समितिकी सदस्य रचना दाहाले सहकारी संस्थामा  सुशासन कायम गराउन सेमिनार निकै उपलब्धिमुलक रहेको र कर सम्बन्धी सेसनको समय कम भएको जानकारी दिएका थिए ।

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले सम्पूर्ण सहभागीहरुलाई सक्रियताका साथ कार्यक्रममा भाग लिनु भएकोमा धन्यवाद दिई सिकेका कुराहरु आ आफ्नो संस्थामा लागु गर्न अनुरोध गर्दै सेमिनारको समापन गरेका थिए ।

त्यसै गरि फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.२०७४।१०।१६ गते साझेदार वित्तीय मध्यस्थताको इजाजत प्राप्त गैर सरकारी संस्थाहरुका लागि संस्थागत सुशासन तथा अनुपालना सम्बन्धी सेमिनार सम्पन्न गरेको छ । उक्त सेमिनारमा वित्तीय मध्यस्थताको इजाजत प्राप्त गैर सरकारी संस्थाहरु लघुवित्त वित्तीय संस्थामा रुपान्तरणको अवस्था र सुशासन सम्बन्धमा नेपाल राष्ट्र बैंक,बैक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक श्री बम बहादुर मिश्र तथा नेपाल राष्ट्र बैंकलाई गर्नुपर्ने रिर्पोटिङ सम्बन्धमा लघुवित्त वित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका उपनिर्देशक रत्नेश्वर कर्ण र सम्बन्धित नियामक निकायहरुसंगको सम्बन्ध र अनुपालना विषयमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.का का.मु नायब प्रमुख कार्यकारी अधिकृत श्री दानराज पन्तले सहजीकरण गर्नु भएको थियो । उक्त सेमिनारमा १२ वटा जिल्लाका २० वटा संस्थावाट २९ जनाको सहभागिता रहेको थियो । 

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष श्री सुरेन्द्र राज रेग्मिको अध्यक्षतामा कार्यक्रमको दोश्रो सत्रमा सहभागी संस्थाका प्रतिनीधी र नियामक निकायका अधिकारीहरु विच अन्तरक्रिया भएको थियो । उक्त सेमिनारको अन्तरक्रिया कार्यक्रमका अतिथी तथा सहभागीहरुलाई फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री भेषराज पन्थीले स्वागत गरे ।

सहभागीहरुले नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालय दुबैमा दर्ता हुनु पर्ने झण्झटीले प्रक्रिया,वित्तीय मध्यस्थताको इजाजत प्राप्त गैर सरकारी संस्थाहरु नै लघुवित्त वित्तीय संस्थामा रुपान्तरण हुने वा नयां कम्पनी दर्ता हुनु पर्ने ? संचालक नियुक्त भएको दिन, नियुक्त भएको दिन बाट नै गणना गर्ने हो वा संचालकले सपथ लिएको दिनलाई गणना गर्ने हो ? जस्ता जिज्ञासाहरु राखेका थिए ।

सहभागीहरुवाट राखिएका सम्बन्धित जिज्ञासालाई नेपाल धितोपत्र बोर्डका उपनिर्देशक दिपेश ताम्राकार, नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्र सिं साउद, कम्पनी रजिष्ट्रारको कार्यालयकी रजिष्ट्रार गीता होमेगाई, नेपाल राष्ट्र बैंक, लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक जनक बहादुर अधिकारी र निर्देशक देव कुमार ढकाल, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक बम बहादुर मिश्रले प्रष्ट पारेका थिए ।

जिज्ञासालाई प्रष्ट पार्ने क्रममा कम्पनी रजिष्ट्रारको कार्यालयकी रजिष्ट्रार गीता होमेगाइले प्राइभेट कम्पनी र पब्लिक कम्पनीको उद्देश्य फरक हुने, कम्पनी ऐनको दफा १६६ मा कानूनी व्यक्ती र प्राकृतिक व्यक्ति सम्बन्धमा स्पष्ट पारिएको, मुनाफा नकमाउने गै.स.स  र मुनाफा कमाउने लघुवित्त वित्तीय संस्थाहरु विच मर्ज हुन नसक्ने,संचालक नियुक्त भएको दिन नियुक्त भएको दिन बाट नै गणना हुने धारणा व्यक्त गरेका थिए । 

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक बम बहादुर मिश्रले अबका दिन वित्तीय संस्था र गैर सरकारी संस्था)पूर्णरुपमा अलग हुने धारणा राखेका थिए ।

नेपाल राष्ट्र बैंक,लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक जनक बहादुर अधिकारीले वित्तीय कारोवारका लागि इजाजत पत्र प्राप्त गै.स.स र वित्तीय संस्थामा संस्थागत आचरण र सुशासन फरक हुने हुदा अब लघुवित्तमा रुपान्तरण हुने गै.स.स.ले यसमा विशेष ध्यान दिन सुझाव दिएका थिए ।

कार्यक्रमको अन्तमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्षसुरेन्द्र्रराज रेग्मिले सम्पूर्ण अतिथी तथा सहभागीहरुलाई सेमिनारमा सहभागिता भईदिएकोमा आभार प्रकट गर्दे कार्यक्रमको समापन गरेका थिए ।