Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वरोजगार लघुवित्तको अवलोकन भ्रमण सम्पन्न

२०७४ माघ १८ गते

स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड शाखा कार्यालय हेटौँडाले आफ्ना सदस्यहरुलाई अवलोकन भ्रमण गराएको छ । गत माग १६ गते चितवनको जगतपुरमा रहेको जगतपुर एग्रो प्रालिको अबलोकन गराएको उक्त शाखाका शाखा प्रबन्धक सुशिल पौडेलले बताए । ११७ जना महिला सदस्यहरुले उक्त अवलोकन भ्रमणमा केन्द्रीय कार्यालयबाट  अनुगमन अधिकृत मधुसुदन पन्त, रामप्रकाश शाह र अन्य शाखाबाट शाखा प्रबन्धक  शोभित गौतम र नवीन दुवाडिको पनि उपस्थित रहेको थियो ।

बनेपामा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले राष्ट्रिय स्तरको लघुवित्तीय संस्था हो  । हाल स्वरोजगार लघुवित्तले १५ जिल्लामा आफ्ना ४२ वटा शाखा कार्यालउमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । पुस मसान्तसम्मा लघुवित्तले ५१ हजार छ सय ८० सदस्य हरुलाई सेवा दिँदै आएको छ । 

स्वरोजगार लघुवित्तले यसअघि पनि यस्ता अवलोकन भ्रमण तथा व्यवसायिक सिपमुलक तालिम प्रदान गर्दै आएको शाखा प्रबन्धक पौडेलले बताए ।

Ad