एस डेभलमपमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा ८३.३३ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ८४ लाख रुपैँया मुनाफा कमाएको बैँकले चालू आर्थिक वर्षको सोही अवधिमा १४ करोड ३५ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको हो ।
बैंकले गत वर्षको भन्दा २१.०५ प्रतिशतले बढी अर्थात् ७ अर्ब ४४ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जामा ६ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ लगानी गरेकोे बैंकको खुद व्याज आम्दानी ३४.७२ प्रतिशतले बढेर २९ करोड १७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २ गुणा बढेर १५ करोड २७ लाख रुपैयाँ पुगेको छ । बंैकले सम्भावित जोखिम बापतको व्यवस्थामा रकम ६ करोड ३६ लाख रुपैयाँ छुटाएको छ भने सम्भावित जोखिम बापतको व्यवस्थामा फिर्ता रकम ६ करोड ७१ लाख रुपैयाँ उठाएको छ ।
प्रति शेयर आम्दानी १४.३५ रुपैयाँ रहेको बैंकको जोखिमयुक्त सम्पति १५.०५ प्रतिशत रहेको छ भने निष्कृय कर्जा ३.३२ प्रतिशत रहेको छ ।