Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिथिला लघुवित्तको अर्धबार्षिक समिक्षा बैंठक सम्पन्न

२०७४ माघ १७ गते

मिथिला लघुवित्त विकास बैंक लिमिटेडको एक दिने अर्धबार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । माघ १५ गते सोमबार मिथिला न.पा. ६, ढल्केवर, धनुषामा रहेको कृषि उपज बजार केन्द्रको सभा हलमा संचालित बैठकमा बैंकको लघुवित्त कार्याक्रमलाई अझ प्रभावकारी बनाउने विषयमा केन्द्रीत रहि शाखा कार्यालयहरुले अर्ध बाषिक लक्ष्य प्रगति समिक्षा तथा आगामी कार्य योजनाको विषयमा छलफल भयो । साथै रेमिट्यान्स संचालन तथा अन्य समसामयिक विषयमा छलफल भएको थियो । 

बैठकमा संस्थाका अध्यक्ष शिव प्रसाद साह, संचालक हरि प्रसाद काफ्ले, संचालक रामवावु साहको विशेष उपस्थिति रहेको थियो भने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाई, जनशक्ति तथा तालिम विभाग प्रमुख पुष्पराज ढकाल, आन्तरिक लेखा परिक्षण विभाग प्रमुख श्री रेशम प्रसाद वास्तोला, ईलाका प्रवन्धकद्धय रामानन्द यादव, रोशन कुमार चौधरी र सबै शाखा कार्यालयहरुको कार्यालय प्रमुख हरुको उपस्थिति रहेको थियो । 

बैठकमा हिमाल रेमिटका शिभ शंकर ठाकुरले हिमाल रेमिटले दिईरहेको सेवाको विषयमा जानकारी दिएका थिए ।