बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ दशमलव ५६ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा मेरो माइक्रोफाइनान्सले चार करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
२८ करोड ६० लाख रुपैयाँ चुक्तापुँजी पुर्याएको माइक्रोफाइनान्सले जगेडाकोष २० प्रतिशतले घटाएर नौ करोड ८३ लाख रुपैयाँ राखेको छ । माइक्रोफाइनान्सले कर्जातर्फ ४५ दशमलव ३७ प्रतिशतले वृद्धि गरी दुई अर्ब ६६ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ भने ६२ करोड ३० लाख पाँच हजार रुपैयाँ निक्षेप रहेको छ ।
मेरो माइक्रोफाइनान्सको खुद व्याज आम्दानी सामान्य घटेको छ भने संचालन मुनाफा २५ दशमलव ५६ प्रतिशतले घटेको छ । यो अवधिमा कम्पनीले १० करोड २८ लाख ६० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने पाँच करोड ४२ लाख ८२ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । कम्पनीले २९ लाख ३८ हजार रुपैयाँ प्रोभिजन राखेको छ ।
मेरो माइक्रोफाइनान्सको निष्कृय कर्जा एक दशमलव २८ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १३ दशलमव ६२ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक २४ दशमलव १६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ५५ दशमलव ४६ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३४ दशमलव ४ रुपैयाँ र तरलता अनुपात ९४ दशमलव ५५ प्रतिशत रहेको छ ।