स्याङ्गजाको भिरकोटमा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्त वित्तीय संस्थाको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नरेश के.सीको सभापतित्वमा सम्पन्न सभाले अध्यक्षको प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदनलाई छलफल गरी सर्वसम्मत पारित गरेकोे छ ।
साधारण सभाबाट पाँच जना संचालक समितिमा र्निबिरोध निर्वाचित भएको बताइएको छ । जस अनुसार अध्यक्षमा नरेश के.सी संचालकमा दिपेन थापा, केहर सिह के.सी, दुर्गादत्त भुषाल र कृष्ण प्रसाद पौडेल निर्बाचित भएको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी .ले बताए ।
२०७३ फागुण १ देखि कारोबार शुरु गरेको यस वित्तीय संस्थाले कारोवारको प्रथम वर्ष सम्ममा ८ जिल्लामा १४ वटा शाखामार्फत करिव ७ हजार भन्दा वढि सदस्यहरुलाई सामुहिक जमानीमा २४ करोड भन्दा बढि कर्जा लगानी, ६ करोड बचत परिचालन गरेको छ । चालु आ. व. मा थप २ जिल्लामा कार्यक्रम विस्तार गर्दै संस्था मुनाफामा लगिने प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी .ले वताए ।
स्थापना कालमा १ करोड ९२ लाखको चुक्तापुँजीमा स्थापित यस संस्थाले उक्त साधरण सभामा पुजी बृद्धि गरने विषेश प्रस्ताब पारित गरेको छ । प्रथम साधारण सभा वाट १ कित्ता शेयर वरावर २ ः१२५कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव पास भएको छ । हकप्रद शेयर जारी पश्चात वित्तीय संस्थाको चुक्ता पुंजी ६ करोड पुग्नेछ भने साधारण शेयर जारी पछि १० करोड चुक्ता पुँजी पुग्नेछ । आगामी वर्ष यस वित्तीय संस्थालाई राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बनाइने र थप शाखा तथा जिल्लामा कार्यक्रम विस्तार गरिन अध्यक्ष के. सी ले बताए ।