बैंकिङ खबर । रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ७४ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षको तुलनामा मुनाफामा सामान्य मात्रै वृद्धि गरेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा रिलायबलले ७१ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
नौ करोड ६० लाख रुपैयाँ चुक्तापुँजी भएको माइक्रोफाइनान्सले जगेडा कोषमा दुई करोड २३ लाख रुपैयाँ राखेको छ । यो अवधिमा कम्पनीले २४ करोड १४ लाख २१ हजार कर्जा संकलन गरी ६६ करोड ३१ लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेर क्रमशः दुई करोड ५१ लाख रुपैयाँ र ९५ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
२१ लाख ५५ हजार रुपैयाँ राइट ब्याक गरेको माइक्रोफाइनान्सले प्रोभिजनमा २१ लाख २० हजार रुपैयाँ राखेको छ । पुस मसान्तसम्ममा रिलायबलको निष्कृय कर्जा एक दशमलव ३० प्रतिशत र जोखिमयुक्त सम्पत्ति १४.१२ प्रतिशत रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैयाँ ५६ पैसा, प्रतिसेयर कुल सम्पत्ती मुल्य एक हजार ६३ रुपैयाँ ४३ पैसा, मुल्य आम्दानी अनुपात १००.२८, प्रतिसेयर नेटवर्थ १२३.२८ र तरलता अनुपात १८.४१ रहेको छ ।


