बैंकिङ खबर । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैक लिमिटेड अब राष्ट्रिय स्तरको माइक्रोफाइनान्स बन्ने भएको छ । कालिकाले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याएर राष्ट्रिय स्तरको बन्न लागेको हो ।
कालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण समेत सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ६५ लाख ४१ हजार रुपैयाँ कमाएको छ । गत वर्ष ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैकले २०७२÷७३ वर्षको मुनाफाबाट ६५प्रतिशत बोनस शेयर वितरण पश्चात हाल ८ करोड २५ लाख रुपैयाँ रहेको छ । कालिकाले गत वर्षको कमाईबाट २१ दशमलव २१ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको जसबाट बैंकको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्ने छ । जसले जगेडाकोषमा ५ करोड ६० लाख रुपैयाँ राखेको छ ।
कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैकको खुद व्याज आम्दानीमा वृद्धि गरेता पनि संचालन मुनाफा घटाएको हुदा खुद मुनाफामा अत्याधिक गिरावट आएको देखिन्छ । बैंकको कर्मचारी खर्च अत्याधिक वृद्धि र अन्य संचालन आम्दानी घटेकोले मुनाफा घट्न गएको हो ।
बैकको प्रतिसेयर आम्दानी वार्षिक १५ दशमलव ८६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १०८ दशमलव ५८ गुणा, प्रतिसेयर नेटवर्थ १६७ दशमलव ९९ रुपैयाँ र तरलता अनुपात १९ दशमलव २९ प्रतिशत रहेको छ ।


