January 23rd, 2018

मेरो माइक्रोफाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक दिने वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । संस्थाको झिलझिले शाखा शाखाले झिलझिले बजारमा लागेको साप्ताहिक हाट बजारको अवसर पारेर एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको झिलझिले शाखा प्रमुख सुरेश घिमिरेले बताए ।

कार्यक्रममा स्थानीय जनतालाई बचतको महत्व, कर्जाको सदुपयोग गरी आय आर्जन कसरी गर्ने ? नगद कारोबारभन्दा बैंकिङ्ग कारोबारका फाइदा के के छन् ? तथा बैंक वित्तीय संस्थाबाट के कस्ता सेवा तथा सुविधा प्राप्त गर्न सकिन्छ ? लघुवित्त संस्था के हो ? यसमा कसरी आबद्ध हुन सकिन्छ ? लगायतका विषयमा जानकारी दिइएको थियो ।

सोहि अवसरमा संस्थाले प्रदान गर्दै आएको कर्जा, बचत, बीमा, विप्रेषण जस्ता वित्तीय सेवाको जानकारी पनि दिइएको थियो ।

मेरो माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट लघुवित्त सम्बन्धी वित्तीय कारोबार गर्न राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको “घ” वर्गको वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त संस्था हो ।

हाल देशभर ४८ जिल्लामा ७० वटा शाखा कार्यालयमार्फत संस्थालृ गरिब तथा अति विपन्न परिवारलाई आयआर्जनका लागि कर्जा, बचत, बीमा, विप्रेषण जस्ता वित्तीय सेवा दिइरहेको छ ।