चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मालिका विकास बैंकले ८ करोड ५२ लाख खुद मुनाफा आर्जन गरेको छ । बैँकले गत वर्षको तुलनामा दुई गुणा बढी मुनाफा कमाएको हो । गत वर्षको सोहि अवधिमा बैंकले ३ करोड ९८ लाख रुपैयाँ मुनाफा कमाएको थियो । बैंकको निक्षेप २७.२६ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ संकलन भएको छ । कर्जामा गतवर्षको भन्दा ३६.३६ प्रतिशत बढी अर्थात् ३ अर्ब ८ करोड ७ लाख रुपैयाँ लगानी गरेको बैंकको खुद व्याज आम्दानी ३८.२३ प्रतिशतले बढेर १४ करोड १९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा २ गुणाले बढेर ८ करोड ६८ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १ करोड १२ लाख रुपैयाँ राखेको छ भने ३ करोड रुपैयाँ खराब कर्जा उठाएको छ । निष्कृय कर्जा १.९७ प्रतिशत र जोखिम युक्त सम्पत्ति १२.३० प्रतिशत रहेको बैँकको प्रतिशेयर आम्दानी ४६.८८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५.३१ गुणा, प्रतिशेयर नेटवर्थ १८७.६० रुपैयाँ र तरलता अनुपात २५.५० प्रतिशत रहेको छ ।