प्रभु मनि ट्रान्स्फर प्रा.लि र नेपाल सेवा लघुवित्त वित्तिय सस्था लि. बिच रेमिटेन्स सम्झौता भएको छ । सम्झौतामा प्रभु मनि ट्रान्स्फरका तर्फवाट नायव महाप्रवन्धक रामेश्वर सापकोटा तथा नेपाल सेवा लघुवित्तका तर्फवाट निमित्त कार्यकारी प्रमुख सुविन काजी श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे ।
सिन्धुपाल्चोक, रसुवा र नुवाकोटमा कारोवार स्विकृत पाएको नेपाल सेवाको हाल ६ वटा शाखाहरुवाट कारोवार सुरु गरिने भएको छ । सिन्धुपाल्चोकको फटकसिलामा प्रधान कार्यालय रहेको संस्थाको फटकसिला, ग्याल्थुम, इर्खु, जलविरे तथा नुवाकोटको ढिकुरे र रसुवाको वेत्रावतिका वासिन्दाहरुले प्रभु मनि ट्रान्स्फर प्रा.लिको रेमिटेन्स सुविधा पाउन सक्ने भएका छन् ।
