May 9th, 2016

दार्चुलामा जनता बैंकको शाखारहित बैंकिङ सेवा (फोटोफिचरसहित)

Janata Bank CMOयू. के. एड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहयोगमा जनता बैक नेपाल लिमिटेडले दार्चुला जिल्लाको ४ वटा गाविसहरुमा शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । ग्वानी गाविस, बगौरा बजार गाविस, जौलजिवीखर गाविस र रिथाचौपाटा गाविसमा बैशाख २५, २६ र २७ गते शाखारहित बैँकिङ शुरुवात गरिएको हो । जनता बैँकले सक्षम एक्सेस टु फाईनान्ससगँको सहकार्यमा “सक्षम एक्सेस टु रुरल बैँकिङ” परियोजना संचालन गरिरहेको छ, जसमार्फत आगामी ३ बर्षमा ५० शाखारहित बैँकिङ इकाइ स्थापनागर्ने योजना रहेको छ । 

Local community gathers to welcome the BLB services in Darchulaनेपालको सुदुर पश्चिमका पहाडी क्षेत्रका बासिन्दाहरु शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पछाडि पर्नुका साथसाथै आवश्यक वित्तिय सेवाको समेत सुलभ पहुँच पाउन सकेका छैनन् । सामान्य आर्थिक कारोबार गर्नका लागि यहाँका मानिसहरुले लामो दूरी हिडेर जिल्ला सदरमुकामसम्म आउनुपर्ने बाध्यता छ । शाखा रहित बैँकिङको माध्यमबाट मानिसहरुले सुरक्षित र सुविधाजनक रुपमा आफ्नै गाउँटोलमा बचत गर्ने, बचत रकम निकाल्ने, मोबाईल रिचार्ज गर्ने जस्ता विभिन्न कार्य गर्न सक्दछन् । यसले मानिसहरुलाई वचत गर्ने बानी पनि बसाल्ने छ । शाखा रहित बैँकिङ सेवाको शुरुवातले थप मानिसहरुलाई औपचारिक वित्तिय क्षेत्रमा पुर्याउन सघाउने अपेक्षा गरिएको छ । 

NRB Director Dhangadhi present BLB Agent with agent certificate४ वटै शाखारहित बैँकको उद्घाटन समारोहमा स्थानिय सरकारी अधिकारीहरु पनि उपस्थित थिए । ग्वानी  गाविसमा भएको कार्यक्रममा बोल्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले शाखारहित बैँकिङ सेवाको उपलब्धताले मानिसहरुमा बचतको बानी बस्नुका साथै उत्पादनशील क्षेत्रमा लगानी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

नेपाल राष्ट्र बैंक, धनगढी क्षेत्रीय कार्यलयका निर्देशक विश्रुत थापाले कार्यक्रममा उपस्थित हुन पाएकोमा खुशि व्यक्त गर्दै शाखारहित बैँकिङले समुदायका मानिसले पाउने वित्तिय पहुँचले नयाँ सम्भावनाको शुरुवात गर्ने बताए । 

Sakchyam Team Leader presents POS machine to BLB agentत्यस्तै, सक्षमका टिम लिडर बलजीत बोहोराले सक्षम र यसका साझेदार संस्थाहरु ग्रामिण समुदायको वित्तिय पहूँच सुधार गर्नका लागि चुनौतिपुर्ण कामहरुको जिम्मा लिदैँ अगाडि बढिरहेको जानकारी गराए । जनता बैँकले यो चुनौतिपुर्ण कार्य गर्न अगाडि बढेकोमा शुभकामना दिदैँ शाखारहित बैँकिङ इकाइले प्रदान गर्ने सेवाले ग्रामीण समुदायको वित्तिय आवश्यकता पुरा गरी जिवनस्तर उकास्न सघाउ पुर्याउने विश्वास व्यक्त गरे । 

समारोहमा दार्चुला सहायक प्रमुख जिल्ला अधिकारी विश्वमित्र क्यूकेल, दार्चुला स्थानिय विकास अधिकारी सहदेव रायमाझी, स्थानिय सरकारी अधिकारीहरु, सक्षम कार्यक्रमका प्रतिनिधिहरु, जनता बैंकका प्रतिनिधिहरु र स्थानिय संचार माध्यमहरुको सहभागिता थियो ।

सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बेलायत सरकार र नेपाल सरकार बीचको द्घिपक्षिय सहयोगमा लुइस बर्जरद्घारा अन्य संस्थासगँको सहकार्यमा नेपालमा कार्यान्वयन भईरहेको छ ।