बैंकिङ खबर । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरण सार्वजनिक गर्नेमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड पहिलो बनेको छ । संस्थाले चार करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव ५४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा फस्र्ट माइक्रोफाइनान्सले तीन करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
४५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी भएको माइक्रोफाइनान्सले जगेडाकोषमा ११ करोड ९३ लाख रुपैयाँ छुटाएको छ । कम्पनीले कर्जातर्फ १४ दशमलव ६२ प्रतिशतले बढाएर तीन अर्ब ७१ करोड ५० लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको खुद व्याज आम्दानी ३६ दशमलव ४२ प्रतिशतले बढेर आठ करोड पाँच लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४१ दशमलव ५४ प्रतिशतले बढेर सात करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
फस्र्ट माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९१ पैसा, मुल्य आम्दानीको अनुपात ४० दशमलव १८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २६ रुपैयाँ १७ पैसा र तरलता अनुपात १२ दशमलव ६५ गुणा रहेको छ ।
फस्ट माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ ।