May 9th, 2016

यति डेभलपमेन्ट बैँकको नाफा झन्डै २१ करोड

yetiचालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्ममा यती डेभलपमेण्ट बैंकले २० करोड ९८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैँकले गत वर्षको तुलनामा १५ करोड बढी नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा ५ करोड ६० लाख खुद नाफा कमाएको थियो । 

बैंकको नाफा वृद्धिसँगै खराब कर्जा समेत ह्वातै घटाएको छ । गत आ.ब को तेस्रो त्रैमासमा देखिएको १३.५३ प्रतिशत खराब कर्जालाई यस आ.ब.को सोही अबधीमा ६.७४ प्रतिशतमा झारेको छ । बैंकले खराब कर्जालाई ५ प्रतिशत भन्दा कममा ल्याउने लक्ष सहित असुलीमा हरसम्भब प्रयास गरीरहेको जनाएको छ । 

यसअवधिमा बैंकले ३० करोड रुपैयाँ डुबेको रकम उठाएको छ । अझै पनि बैंकले १६ करोड रुपैयाँ जोखिममा राखेको छ । खराब अवस्थाबाट गुज्रिएर सुधारको चरणमा रहेको बैंकले निक्षेप तथा कर्जा लगानी समेत बढाएको छ । बैंकको खुद ब्याज आम्दानीमा भएको सुधार र ठुलो मात्रमा खराब कर्जा उठाएपछि नाफामा उल्लेखीय वृद्धि देखिएको हो । बैंकले यसअवधिमा ९ अर्ब २७ करोड निक्षेप संकलनगरी ८ अर्ब ३ करोड कर्जा लगानी गरेको छ ।

१ अर्ब ३८ करोड चुक्तापुँजी रहेको बैंकको जगेडाकोष अझैपनि करिब १३ करोडले ऋणात्मक रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ १८ पैसा, प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ ६४ पैसा तथा मुल्य आम्दानी अनुपात ९.८६ गुणा रहेको छ ।