चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कृषि विकास बैंक लिमिटेडले १ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैँकले गत वर्षको तुलनामा २० करोड बढी नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा बैँकले १ अर्ब १ करोड मुनाफा कमाएको थियो । बैंकले ब्याज आम्दानीमा गरेको बृद्धि तथा सम्भावित नोक्शानी ब्यवस्थापनबाट केही रकम फिर्ता भएकाले नाफा बढेको हो ।
बैंकले तीन अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकसँग सर्वसाधारणको ८३ अर्ब ५१ करोड निक्षेप र ७४ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी छ । बैंकको घट्दो क्रममा रहेको खराव कर्जा अनुपात ४.८९ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी ३१.२७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २२.६१ गुणा छ । बैंकको साधारण सेयर वापतको चुक्ता पुँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ ।