चालू आर्थिक वर्षको ९ महिनामा भिबोर विकास बैंकले ८ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । ९१ करोड रुपैयाँ ७० लाख रुपैयाँ चुक्ता पुँजी भएको बैँकको मुनाफा गत वर्षको तुलनामा १३.७२ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैँकले १० करोड २८ लाख खुद मुनाफा आर्जन गरेको थियो ।
बैंकको निक्षेप ४१.७२ प्रतिशत बढेर ५ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ संकलन भएको छ भने कर्जामा ५ अर्ब १ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानी ४०.२२ प्रतिशतले बढेर १२ करोड २४ लाख रुपैयाँ पुग्दा संचालन मुनाफा ४ करोड ६२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा ६ करोड ५२ लाख रुपैयाँ नोक्सानमा रहको थियो । बैंकले प्रोभिजनमा ४ करोड ६२ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा ३ करोय १० लाख रुपैयाँ उठाएको छ ।
त्यस्तै, बैंकको निष्कृय कर्जा १.४६ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १२.०६ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक १२.८९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ११.७९ गुणा र प्रतिशेयर नेटवर्थ ८४.९३ रुपैयाँ भएको बैँकमा तरलता अनुपात ५.२५ प्रतिशत रहेको छ ।